बिर्तामोड / भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

OM Sai Pathibhara Hospital

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको थियो । 

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सो अनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।