बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट १ लाख ६० हजार भन्दा बढीको अवैध समान बरामद भएको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली समान ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका- ६ गैरी गाउँबाट १ लाख ६ हजार मूल्य बराबरको सारी, कुर्था लगायतका सामानहरू बरामद गरेको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ बाट आइतबार बेलुका ६० हजार बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अवैध रुपमा समान बरामद भएसँगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।