काठमाडौँ / आज प्रदेश १ सहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
यस्तै आज राति पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू- भागका केही स्थानहरूमा र बाँकी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाको स्थानमा भू- क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकाले सतर्क रहन महाशाखाले जनाएको छ । यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।