काठमाडौँ / बजेट निर्माणमा अनधिकृत मानिस संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।






































