काठमाडौँ / बजेट निर्माणमा अनधिकृत मानिस संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ । करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।
त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिन गर्दै शर्मा निर्दोष भएको निष्कर्ष निकालेको थियो ।