बिर्तामोड / झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउपालिका -६ का २३ वर्षीय राजेश कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि स्कुटरमा पछाडि सवार कार्कीकी श्रीमती २० की सर्मिला कार्की घाइते भएकी छिन् ।
उनको बिर्तामोड स्थित बिर्तासिटि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । कन्काई नगरपालिका - ३ स्थित सुरुङ्गा - कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ गई रहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरित दिशाबाट आई रहेको प्र १- ०१- ०१५ प २१४८ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।
एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका -१० बस्ने ४६ वर्षीय चन्द्र बहादुर बि .क लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।