काठमाडौँ / नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छी नेपाल फर्किएकी छन् । दुई महिना लामो बिदा सकेर यान्छी आइतबार एअर चाइनाको विमानबाट छेन्दु हुंदै नेपाल फर्किएकी हुन् ।

उनी गत मे ३१ मा हिमालयन एअरलाइन्सको उडानबाट खुन्मिङ्ग हुँदै बेइजिङ्ग गएकी थिइन् । यान्छी दुई महिना लामो बिदा सकेर आजै बिहान नेपाल फर्किएकी हुन् । उनि नेपालबाट चांडै बढुवा भएर स्वदेश फर्कने समाचार छ ।

OM Sai Pathibhara Hospital

यान्छीले चीन फर्केर हङकङ वा ताइवान हेर्ने जिम्मेवारी पाउने सम्भावना छ । यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाने टुंगो लागेको छ ।

उनको अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तय भएको स्रोत बताउंछ । नेपाल र चीनका अधिकारीहरु मन्त्री खड्काको भ्रमणको तयारीमा जुटेका छन् ।