झापा / खोटाङमा केन्द्रबिन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो ।

OM Sai Pathibhara Hospital

साथै छिमेकी जिल्ला भोजपुरको भोजपुर नगरपालिका –१२ स्थित टक्सारमा पनि भुकम्पले दुई वटा घर क्षतिग्रस्त भएको छ । मानवीय क्षति भएको विवरण भने उपलब्ध नभएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।