बिर्तामोड / प्रदेश प्रहरी कार्यालय विराटनगरको आर आइ टि बाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं - ६ घर भई हाल सुनसरी धरान उप- महानगरपालिका वडा नं ०९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की रहेका छन् ।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज धरान उपमनपा वडा नं १२ छाताचोक स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । फरार रहेका कार्कीको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरिवाना भई लगत नं ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

OM Sai Pathibhara Hospital