झापा / रसुवाको पुरानो तातोपानी क्षेत्रमा जङ्गली च्याउको सेवनबाट ११ जना बिरामी भएका छन् ।
जिल्ला अस्पताल धुन्चेका मेडिकल अधिकृत डा । निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशूली अस्पताल रिफर गरिएको छ ।
उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।