झापा / दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका- ३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रुपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा / दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका- ३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रुपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका- ३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका- ४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका- ९ बस्ने २० वर्षीय मनोज थारू, प्यूठान गौमुखी गाउँपालिका- ७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका- ६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका- ७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपार्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु ड्राइभरलाई तपाईंको नम्बर दिन्छु भनी बताएको र केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका- ५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ ।घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्धार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.