बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार जापानका लागि डा. दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रुसी महासङ्घका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. रामस्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । 

उक्त अवसरमा राष्ट्रपति कार्यालयमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।