झापा / कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका- २ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त राना रहेका छन् । रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
यस्तै गुल्मी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईस्मा गाउँपालिका- ४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई ललाइ फकाई सोही ठाउँस्थित खरबारीमा लगी बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।