बिर्तामोड / मोरङमा को सुन्दरहरैचा नगरपालिका- ४ का हरि खड्काको - ५ वर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । 

आज बिहान साँढे ९ बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी वेदान्त अस्पताल इटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

घटनाबारे जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।