विराटनगर / मोरङ प्रहरीले करिव ५ लाख १३ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्री बरामद गरेको छ ।
मंगलबार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त कपडा र खाद्यान्न सामाग्री बरामद गरेको हो ।
भन्सार छली गरेको सामान लिएर नेपाल तर्फ आउँदै गरेको मे.१च २२८६ नम्बरको मारुती भेन मोरङको विराटनगर महानगरपालिका –१६ स्थित दरैयाबाट उक्त मेन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर –१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ७६ हजार ९ सय बराबरको खाद्यान्न र बिभिन्न किसिमका कपडा बरामद गरेको छ ।