बिर्तामोड / भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार गरिएको छ ।
भारत पश्चिम बंगाल कलकत्तास्थित महावाणिज्यदूत ईश्वर राज पोख्रेलको पहलमा असम, दार्जिलिङ र सिलगुडीका आश्रमबाट ती बालबालिकालाई उद्धार गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोका अनुसार उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याएका ती बालबालिकालाई एक संक्षिप्त कार्यक्रमको आयोजना गरी परिवारजनलाई जिम्मा लगाइएको छ।
उद्धार गरिएकाहरू भद्रपुरकी १५ वर्षीय प्रियङ्का कार्की, जनकपुरका ११ वर्षीय रोशन पञ्जिहार, मेचीनगरका १० वर्षीय सन्तोष रोक्का, चितवनका ८ वर्षीय किरण तामाङ र ९ वर्षीय मिलन तामाङ रहेका छन् ।