बुद्धशान्ति / झापाको बुद्धशान्तिमा मंगलबार दिउसो पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -४ हापेन चोक निवासी चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावो रहेको इलाका प्रहरी कार्यालयका प्रमुख अशोक कोइरालाले जानकारी दिएका छन् ।
बुद्धशान्ति स्थित - ५ कप्ताने सिलटपमा पौडी खेल्ने क्रममा पानीमा डुबेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।