बिर्तामोड / प्रहरीले झापाको शिवसताक्षी नगरपालिका -१० स्थित गैँडे सामुदायिक बनबाट तस्करी गरि लैजाँदै गरेको ४० क्यु फिट सखुवा जातको काठ र मारुती भ्यान नियन्त्रणमा लिएको छ ।
काठ तस्कर हुँदै गरेको सूचना आधारमा अस्थाई प्रहरी चौकी माइधार र गैँडे सामुदायिक बनका कर्मचारीको संयुक्त टोलीले आज बिहान काठ सहित मे १ च ११६४ नं को मारुती भ्यान नियन्त्रणमा लिएको हुन् ।
प्रहरीका अनुसार लोड गरी लाँदै गरेको अवस्थामा कन्काई नगरपालिका -४ मा बरामद गरिएको हो । बरामद भएको काठ र मारुती भ्यानलाई आवश्यक कारबाहीको लागी गैँडे सामुदायिक बनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।