झापा / सुर्खेतमा १६ क्विन्टल काइनेटिक ढुङ्गासहित प्रहरीले पक्राउ एक युवकलाई पकाउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका - ११ समावेशी टोलका ३२ वर्षीय दीपक बस्नेत रहेका छन् ।
आइतबार प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा १६ क्विन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा फेला परेको हो । ढुङ्गासहित पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।