बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका - ९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका -११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् ।
आइतबार दिउसो साढे ३ बजे कोशी टप्पु वन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र १ ०२- ०४४ प ६६८१ न को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढली किचेर घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए ।
घाइतेको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । हिजो नै भक्तपुरमा रुखले गाडी किच्दा ३ जनाको मृत्यु भएको थियो ।