चितवन  / चितवनको भरतपुर महानगरपालिका –१० स्थित रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

OM Sai Pathibhara Hospital

कृष्णप्रसादले आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी रुष्माको उपचारको क्रममा चितवन मेडिकल कलेज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

त्यस्तै श्रीमतीलाई खुकुरी प्रहार गरी सोही तीन तला माथिबाट हाम फालेर भाग्न खोज्दा कृष्णप्रसाद गम्भिर घाइते भएका थिए । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।