काठमाडौं / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

OM Sai Pathibhara Hospital