अछाम / अछामको तुर्माखाँद –२ स्थित भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जीवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमूली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएका थिए ।