झापा / सर्लाहीमा नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी सोनबर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरका ५० थान नक्कली नोटसहित उनी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई उक्त नोटहरू सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।