झापा / सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक मार्फत  चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको  आरोपमा १५० भन्दा बढी युवायुवती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं -२ बाट ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार जानकीनगरमा -३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।