काठमाडौं  / भक्तपुरको भक्तपुर नगरपालिका –१ स्थित सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार सल्लाको रूख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । 

बसमा सवार अन्य १५ जना घाइते भएका प्रजिअ शर्माले जानकारी दिइन् । घाइतेहरूको भक्तपुरमा रहेको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको प्रजिअ शर्माले बताइन् ।