विराटनगर / धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरूबाट दुई सय १२ केजी लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो ।
यसरी गाडीमा लागूऔषध गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिकापा- ५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका- ४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा ९२०८० केजी गाँजा फेला पारी बरामद गरेको हो ।
पिकअपमा गाँजा बरामद भएसँगै चालक सहिद भूमि गाउँपालिका- २ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।