काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’’ पेश गर्ने जानकारी दिए ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।