एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल सङ्क्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्मकोरोनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोनाका सक्रिय संक्रमित छन् । कुल सङ्क्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना निको दर ९८ दशमलव ४६ प्रतिशत छ ।