बिर्तामोड / झापा र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका - १ की स्थानीय ७० वर्षीया मनमाया बाँस्कोटा रहेकी छिन् । 

शनिबार बेलुका ४ बजे  झापाको कमल गाउँपालिका- १ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्बरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी पैदल यात्री बाँस्कोटाको बि एण्ड सि अस्पताल बिर्तामोडमा  उपचारको क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका- २ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यसै गरी राती साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका- ७ स्थित सडक खण्डमा प्रदेस १-०२- ०४७ प ७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका- १६ का १८ वर्षीय कृष्ण चौधरीको विराटनगर स्थित बिराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।