झापा / सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरूलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) भएबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो।

OM Sai Pathibhara Hospital

एसएसपी प्रविण कँडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । उनी २०५५ सालमा असईमा भर्ना भएका थिए । अर्को ब्याचबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वाइँ कामु एसएसपी दिपेन्द्र कुँवरलाई ११ नम्बरबाट दुई नम्बरमा ल्याइएको छ । उनी आफ्नो ब्याचमा एक नम्बरमा बढुवा भएका छन् ।

तेस्रोमा महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् । उनी यसअघि वरियतामा एक नम्बरमा थिए ।

त्यस्तै क्रमशः दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत र माधव पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् भने एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।