बिर्तामोड / मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा  डुबेर २ बालकको मृत्यु भएको छ ।  बिहीबार दिउँसो सुनसरीको कोशी गाउपालिका- ५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय  नजारुल हकको ९ वर्षीय छोरा  नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

 यसै गरी मोरङको जहदा गाउपालिका- ७ का अशोक मण्डलको ११ वर्षीय  छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे  खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतक लासलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।