मोरङ / मोरङको पथरीशनिश्चरे –९ सगरमाथा चोकमा पैनीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

बिहीबार बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका –३ घर भई हाल पथरीशनिश्चरे –९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बू आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।  

OM Sai Pathibhara Hospital

घटना स्थलमा  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएकाे प्रहरी टोलीले मृतक लासलाई पोस्टमार्टमको लागि मङ्गलबारे अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।