बिर्तामोड /  प्रदेश नम्बर १ का विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

भोजपुरको हतुवागढी गाउँपालिका –८ का २५ वर्षीय सुमोर राई र ४३ वर्षीय भक्त बहादुर थापा, मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २१ वर्षीय अमृत लिम्बू र धनकुटाको पाख्रिबास नगरपालिका –४ का २२ वर्षीय बिसाल लिम्बू रहेका छन् । 

OM Sai Pathibhara Hospital

बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका राई र थापालाई चेक जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेलापरेपछि पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले ६ सय मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुलस्पास्पेन ३४ ट्याबलेट बरामद गरेको छ । 

त्यस्तै मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे –४ का लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेटप्रामोल ९० ट्याबलेट सहित पक्राउ गरेको हो । 

यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर –१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउँदै गरेका धनकुटा पाख्रिबास नगरपालिका –४ का लिम्बुलाई पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाइजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेटट्यावलेट बरामद गरेको छ ।