बिर्तामोड / झापाको काँकरभिट्टा र मोरङको विराटनगरबाट प्रहरीले अवैध भन्सार छलीका समान बरामद गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ बाट अवैधरुपमा नेपालबाट भारत तर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर –१५ रानी बसपार्क स्थितबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ६२ हजार मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ ।