बिर्तामोड गैरसरकारी संस्था साहसी महिला नेपालले भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट एक किशोरीको उद्धार गरेको छ ।
मोबाइल बनाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याइएकी उदयपुरकी १६ वर्षीया किशोरीको साहसी महिला नेपालले महेन्द्रनगर बसपार्कबाट उद्धार गरेको हो ।
ती किशोरीलाई अहिले सुरक्षित गृहमा राखेको साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले जानकारी दिइन् ।
उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।
किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।