बिर्तामोड / सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले राजीनामा दिएसँगै नयाँ एआईजीको चर्चा सुरु भएको छ ।

पोखरेलले मङ्गलबारदेखि लागू हुनेगरी प्रहरी हेडक्वाटर नक्साल पुगेर राजीनामा बुझाएका हुन् । तर उनको राजीनामा मन्त्रिपरिषद्बाबाट स्वीकृत भइसकेको छैन । पोखरेलले एआइजी पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा जाने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनको स्थानमा एक पद रिक्त रहनेछ । अहिले नेपाल प्रहरीमा आठ एआइजी पद कायम छ ।

OM Sai Pathibhara Hospital

प्रहरी नियमावलीका अनुसार साउन ६ गते अगाडि नै राजीनामा स्वीकृत भई नयाँ एआइजी नियुक्ति नगरिए कम्तीमा असोज २२ गतेसम्म एआइजी नियुक्ति रोकिनेछ । प्रहरीमा साउन ६ गतेदेखि असोज २१ गतेसम्म कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने लगायतको काम हुने भएकाले उक्त समयमा बढुवा वा नियुक्ति दिने गरिँदैन ।

तर असोज २२ गतेसम्म २ एआईजीको पद रिक्त हुनेछ भने कात्तिक महिनामा ४ जना एआइजीको पद रिक्त रहनेछ ।
एक जनालाई मात्रै एआइजी बनाउँदा विवाद आउने भएका कारण पनि प्रहरी प्रशासन र सरकार दुवै एआइजीको नियुक्ति एकमुष्ठ रुपमा कात्तिक महिनामा मात्रै होस् भन्ने चाहन्छ ।

हाल डिआइजीमा बढुवा भएकाहरू बाहेक हालका आइजीपी धिरजप्रताप सिंहका ब्याजका ३ जना डिआइजीहरु एआइजीका दाबेदार छन् । हाल डिआइजी रहेकाहरू नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य सिनियर डिआइजीहरु हुन् । त्यसपछि हालसालै एसएसपीबाट डिआइजीमा बढुवा भएकाहरू पनि एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

चारजना डिआइजीलाई एकैपटक कात्तिक महिनामा एआईजी बनाएको खण्डमा सिनियर तीनजना डिआइजीबाहेक एकजना हालसालै डिआइजी भएकाबाट बढुवा हुनेछन् । हालसालै डिआइजीमा बढुवा भएकामध्ये वसन्त कुँवर एक नम्बरमा डिआइजीमा बढुवा भएका कारण उनको सम्भावना बलियो रहन्छ ।

यदि नयाँ आईजीपीका लागि तयार पार्ने गरी हाल डिआइजी भएकाहरूबाट नयाँ एआइजी बनाउने हो भने एक नम्बरका वसन्त कुँवर, दुई नम्बरका टेकप्रसाद राई, तीन नम्बरका अशोक सिंह, चार नम्बरका दीपक थापा र पाँच नम्बरका श्यामलाल ज्ञवाली पनि एआइजीका दाबेदार हुन्