बाँके / प्रहरीले बाँकेमा एक वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । खुला सीमाको फाइदा उठाएर भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको हो । 

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार २०७८/७९ मा ५ करोड ९० लाख ५४ हजारका सामान बरामद गरेको हो । त्यसमा २ करोड ५० लाखको अवैध मालसामान छन् । चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।