एजेन्सी / अफ्रिकी मुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दङ्गामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको  हो ।

पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय दङ्गाको केन्द्रबिन्दु बनेको छ । दङ्गामा परि १ सय भन्दा बढी घाइते भएका छन् । दङ्गाकै क्रममा विभिन्न निवास र सरकारी कार्यालयहरूमा आगजनी हुँदा भौतिक सम्पत्ति नष्ट हुनुका साथै सयौँ सवारीसाधनहरू जलेर ध्वस्त भएका छन् ।

OM Sai Pathibhara Hospital

सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै ठाउँ ठाउँमा लाठिचार्ज समेत गरेको छ । यद्यपि स्थिति नियन्त्रणमा नआएपछि सोही क्षेत्रमा कर्फ्यु आदेश समेत जारी गरिएको छ ।

सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र रहेको छ । त्यहाँ लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट कायमै रहेको छ ।