बिर्तामोड /  देशभरका ७५३ वटा स्थानीय तह मध्ये तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । 

हालै सार्वजनिक महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानको दुई र ताप्लेजुङको एक स्थानीय तहले शून्य बेरुजु बनाएका हुन् । 

OM Sai Pathibhara Hospital

प्युठानको सरुमारानीमल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको छ भने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पनि बेरुजु रकम शून्य रहेको छ । 

प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ ।