बिर्तामोड / झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ५ का पूर्ण बहादुर लिम्बुको २ वर्षीय छोरा इन्सान लिम्बू रहेको प्रहरीले जनाएको छ ।
इन्सान सोमबार दिउँसो घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनीमा अचानक डुबी पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागी बि एण्ड सी अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाइटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।