बिर्तामोड / नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् ।
पोखरेलले मानव स्रोत विभाग पुगेर एआईजी पुजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएका छन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।
आफूभन्दा वरियतामा तल रहेका एआइजी सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, गत शुक्रबार सर्वोच्च अदालतले सिंहकै पक्षमा फैसला गरिदिएपछि पोखरेलले पोखरेलले राजीनामा दिएका हुन् ।