काठमाडौं / मिर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरूलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital

भारतमा गएर मिर्गौला दान गरेबापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरूलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
पक्राउ परेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्युरोले जनाएको छ ।