काठमाडौं / सरकारले विलासी बस्तुको आयातमा थप कडाइ गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल प्रतिबन्ध लगाएको हो ।बैशाख १४ गते लगाइएको आयात प्रतिबन्धमा ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो ।
सरकारले भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचनामा २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३०० देखि ६०० डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा आयात प्रतिबन्ध नलाग्ने उल्लेख गरिएको छ ।
सरकारले यसअघिको निर्णयले नेपालमा आइफोन ब्रान्डमा मुख्य घाटा रहेको थियो भने , अब सामसुङ, रेडमी, भिभो, ओप्पो, साओमी लगायत अधिकांश कम्पनीलाई असर पर्ने छ । सरकारले कम मूल्यका फोनमा समेत आयात प्रतिबन्ध लगाएपछि मोबाइल व्यवसायी सशंकित बनेका छन । मोबाइल आयातमा थप कडाइले व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा सरकारले पुर्याएको व्यवसायीको आरोप छ ।