बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले अवैध रुपमा भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको ३,२०,००० बराबरको ४ पोका लत्ताकपडा बरामद गरेको छ ।
आइतबार बिहान ३ : ४५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका -६ स्थितबाट उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । प्रहरीले सोही स्थानबाट नेपाल देखि भारत तर्फ लादै गरेको २ बोरा ३० , ००० मूल्य बराबरको ६० के . जि सुपारी बरामद गरेको छ ।
यस्तै शनिबार पनि नेपाल देखि भारत तर्फ अवैध रुपमा लादै गरेको सुपारी पचास हजार मूल्य बराबरको ९० के जी अवैध सुपारी प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको लत्ताकपडा र सुपारीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।