- दिपेन विश्वकर्मा
गाउँपालिकाले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति –२ का २८ घरपरिबारलाई जग्गा धानी प्रमाण पुर्जा उपलब्ध गराएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग केन्द्रिय अध्यक्ष केशवकुमार निरौलाले बुद्धशान्ति बासीका लागी आजको दिन ऐतिहासिक दिन रहेको भन्दै अव्यवस्थित बसोबास भएका भुमीहिन, दलित र सुकुम्बासी नागरिकहरूको समस्यालाई चाँडै समाधान गर्न आफू लागी परेको बताएका छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाइले गाउपालिमा रहेका पाँच हजार ४५० भुमीहिन, दलित सुकुम्बासी र अव्यवस्थित बसोबास भएका नागरिकहरु मध्ये २८ जनालाई जग्गा धानी प्रमाण पुर्जा बितरण गरेको र बाकी रहेका मानिसहरूलाई निश्शा बितरण र नापीको काम भइरहेको बताएका छन् । उनीहरुलाई पनि चाँडैनै जग्गा धानी प्रमाण पुर्जा बितरण गर्ने प्रसाईले प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै मालपोत कार्यलय झापाका प्रमुख मालपोत अधिकृत योगेन्द्र प्रसाद दुलालले धनीपुर्जा वितरणको यो पहिलो चरण रहेको र यसले निरन्तरता पाउने जनाए । उनले अन्य क्षेत्रमा पनि कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे ।
आफूले जग्गा धानी प्रमाण पुर्जा पाएकोमा सुकुम्बासी ईश्वरी देबि खड्काले खुशी व्यक्त गरेकी छिन् । जग्गा धानी प्रमाण पुर्जा उपलब्ध गराएकोमा उनले सरकारलाई धन्यबाद समेत दिएकी छिन् ।
यस्तै अर्का तेज बा खत्रीले पनि धनीपुर्जा पाएकोमा आफूहरू अत्यन्तै खुशी भएको बताएका छन् । आफुहरुले समय समयमा तिरेको कर खेर नगएको उनको भनाइ छ ।