काठमाडौँ / आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्ति र एआईजी बढुवासँग सम्बन्धित सबै रिट शुक्रवार खारेज गर्ने फैसला गरको हो । 

OM Sai Pathibhara Hospital

सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसका साथै एआईजी बढुवामा वरीयता मिचेको भन्दै ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट पनि सर्वोच्चले खारेज गरिदिएको छ ।