काठमाडौं  / सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको हो । आयोगका पदाधिकारीको म्याद शनिबार अर्थात ३२ असारबाट सकिँदैछ ।

OM Sai Pathibhara Hospital

शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले दुवै आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र सोहीअनुसार संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको थियो ।