काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुलदिप थापा बढुवा भएका छन् । 

प्रधानमन्त्री कार्यालय मातहत रहेको गुप्तचर विभागमा एआईजी रिक्त भएको तीन महिनापछि सरकारले आज डीआईजी थापालाई बढुवा गरेको हो ।

OM Sai Pathibhara Hospital

विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले वैशाख ९ मा अवकाश पाएदेखि नै एआईजीको दरबन्दी रिक्त थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको उदासिनताका कारण बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बढुवाका लागि डीआइजीहरू थापा, हुतराज थापा, ओम जोशी र टेकेन्द्र कार्कीलगायत प्रतिस्पर्धामा थिए । थापा आगामी साउन ४ गतेसम्म मात्र एआईजी रहनेछन् । उनी डीआइजीको ५ वर्षे पदावधिका कारण अवकासमा जाँदैछन् ।