झापा / भारतबाट अवैध रुपमा लुकाइछिपाइ नेपाल भित्राइएको नेपालमा प्रतिबन्धित बारुद जन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले भारतबाट लुकाइछिपाइ नेपाल ल्याएको एक हजार प्याकेट किङ कोब्रा, इलेक्ट्रिक क्रेकर बम्, राउन्ड क्रकेर बम् ५० प्याकेट, रकेट बम् ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम् ५० प्याकेट बरामद गरेको थियो । 

OM Sai Pathibhara Hospital

बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको हो  

तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरिएको उक्त सामान करिब १ लाख ३५ हजार मूल्य बराबरको रहेको बिओपी पृथ्वीनगरका प्रहरी निरीक्षक मान बहादुर कटुवालले जानकारी दिए ।