बिर्तामोड / बहुविवाह मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका –८ घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षीय जीवनाथ भन्ने जीवननाथ कोइराला रहेका छन् ।

झापा जिल्ला अदालतको २०६९ असोज २२ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा उनलाई १ बर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

OM Sai Pathibhara Hospital

अदालतको फैसला पश्चात फरार रहेका कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । 

फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।